८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

अमेरिकामा भएको सडक दुर्घटनामा एकै परिवारका ३ नेपालीको मृत्यु, २ घाइते

१९ भदाै काठमाडौँ । अमेरिकाको मिसौरी राज्यमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मंगलबार भएको दुर्घटनामा मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् ।

श्रद्धा विराटनगर निवासी हुन् । चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा उपचारत छन् । प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक रहेको बताइएको छ । गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो । श्रद्धाका बाबु आमा नेपालबाट अमेरिका घुम्न गएका थिए ।

प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए। सडक बत्तिमा रोकेका बेला उनको गाडीलाई पछाडिबाट आएको टोयोटाको पिकअप ट्रकले हानेको थियो । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : September 5, 2019 at 2:36 pm