२ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026

कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु, उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना

१९ भदाै, काठमाडाैँ । कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । डेंगुको संक्रमण पुष्टि भएसँगै मन्त्री खनाल ग्राण्डी अस्पताल भर्ना भएका छन् । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाटै अस्पताल भर्ना गरिएको प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए ।

गिरीका अनुसार मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि मन्त्री खनालले निदान हस्पिटलमा स्वास्थय परीक्षण गराएका थिए । निदानका चिकित्सकले नै डेंगुको शंका गरेपछि उनलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु रिफर गरिएको थियो ।बुधबार साँझ अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।

प्रकाशित मिति : September 5, 2019 at 1:19 pm