३०३ म्यानपावर खारेजी र ३०३ मर्ज भएपछि अब ८ सय ४८ मात्र म्यानपावर अस्तित्वमा (सूचीसहित)
१९ भदाै, काठमाडाैँ । इजाजतपत्र लिएकामध्ये ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेर खारेजी भएपछि अब देशमा ८ सय ४८ वटा मात्रै म्यानपावर कम्पनी रहने भएका छन् । १५ सयभन्दा बढी म्यानपावर दर्ता भएकामा अब ८ सय ४८ म्यानपावर कम्पनीले मात्रै सरकारले अनुमति दिएको गन्तव्य देशमा कामदार पठाउन पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।

एक आर्थिक वर्षमा ३ हजार भन्दा कम कामदार पठाउने म्यानपावरले दुई करोड, ५ हजारसम्म कामदार पठाउनेले ३ करोड तथा ५ हजारभन्दा बढी कामदार पठाउनेले ६ करोड रुपैयाँ धरौटी राखेका छन । सरकारले धरौटी रकम बुझाउन दिएको अन्तिम म्याद बुधबारसम्म ८ सय ४८ म्यानपावरले न्यूनतम धरौटी जम्मा गरेका हुन् । यी हुन न्यूनतम धराैटी बुझाउने कम्पनीहरू
प्रकाशित मिति : September 5, 2019 at 11:42 am









