८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

रवि लामिछानेको मुद्दामा उच्च अदालतले माग्याे जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण

 १८ भदौ, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा जाेडिएका टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौँडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।


पत्रकार पुडासैनीले साउन २० मा आत्महत्या गरेपछि दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भएका लामिछाने र ३ लाख धरौटीमा रिहा भएका अर्का पत्रकार युवराज कँडेल मंगलबार उच्च अदालत पाटनमा पुनरावेदनका लागि पुगेका थिए ।

न्यायाधीश टेकराज नेपालको इजलाशले पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो। लामिछाने र कँडेलले जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएको भन्दै उच्च अदालतमा निवेदन दिएका हुन् । साेही प्रकरणमा मुछिएकी अस्मिता कार्की भने साधारण तारेखमा रिहा भएकी थिइन् ।

प्रकाशित मिति : September 4, 2019 at 3:37 pm