नेपाली सेनालाई केरुङ हुँदै चीनबाट आयो ३० ट्रक सैन्य सहयोग, सैन्य अभ्यास काठमाडौँमा जारी
१८ भदाै, काठमाडौँ । चिनियां राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणपूर्व चीनले नेपाली सेनालाई ठुलो मात्रामा सैनिक सहयोग हस्तान्तरण गरेकोछ । प्रधानसेनापति पूर्णचन्द्र थापा गत असारमा १ साता लामो चीन भ्रमणमा जाँदा सैनिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
नेपाली सेनालाई चिनले २३ करोड ९५ लाख ५० हजार बरावरको सैनिक सहयोग हस्तान्तरण गरेको हो । सम्झौताबमोजिम ३० ट्रक सहायता सामाग्री केरुङ हुँदै काठमाडौँ पुगेको हो । नेपाली सेनाका ट्रकमा लोड गरेर सैनिक सामाग्री केरुङबाट शनिवार साँझ काठमाडौँ पुगेको हाे ।

चीन र नेपालबीच पछिल्लो समय सैनिक सम्बन्ध समुधुर हुंदै गएको छ । नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास गत बुधबारबाट काठमाडौँमा सुरु भएको छ । सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ नामाकरण गरिएको उक्त अभ्यास भदौ २४ सम्म चल्ने सेनाले जनाएको छ ।
नेपाली सेनाको विशेष बाहिनी महाराजगन्जमा औपचारिक रूपमा सैन्य अभ्यास सुरु भएको हो । उक्त अभ्यास भक्तपुरको नगरकोटमा समेत गर्ने सेनाको तयारी छ । सैन्य अभ्यासमा दुवै देशका महासेनानीको नेतृत्वमा २२ \२२ जना सहभागी छन्।
सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ। दुवै देशका सेनाले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन्।
प्रकाशित मिति : September 4, 2019 at 1:16 pm









