श्रीमती र छोरालाई पशुपति जान्छु भनेर हिडेका जय अर्कै युवतीसँग झुण्डिएको अवस्थामा मृत भेटिए
१७ भदौ, काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भएका जय गिरी सोही नगरपालिकाकी उमिता दमाईसँग झुण्डिएको अवस्थामा फेला परेका छन । प्रहरीले काठमाण्डौ महानगरपालिका–८, गौशालामा रहेको भण्डारखाल जङ्गलमा मंगलबार बिहान खोटाङका गिरी र दमाईको शव झुण्डिएको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार ४० वर्षीय गिरीको श्रीमती र छोरा मंगलबार बिहान प्रहरीको सम्पर्कमा आएका छन ।

उनीहरूका अनुसार सोमबार सँझ जय पशुपति जान्छु भनेर निस्किएका थिए । उनीहरू बाँसबारीमा बस्दै आएका थिए । यता उमिता भने दिदी भिनाजुकोमा बस्दै आएको प्रहरीले जनाएको छ । उनीहरू केही समय अघिबाट खोटाङको कारागारमा सँगै बसेर कैद भुक्तान गरेका थिए । प्रहरीले किन झुण्डिए भन्नेबारे अनुसन्धान भैरहेको जनाएको छ । दुबै जनाको शव घटनास्थलमै चिकित्सक बोलाएर मुचुल्का गिरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि पठाइएको छ ।
प्रकाशित मिति : September 3, 2019 at 4:54 pm









