८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

न्यायाधीश हेमन्त रावलको आदेश बदरको माग गर्दै रवि लामिछाने र युवराज कडेँल उच्च अदालतमा

१७ भदाै, काठमाडाैँ । टेलिभिजनकर्मी रवि लामिछाने र युवराज कडेँल चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको आदेश बदरको माग गर्दै उच्च अदालत पाटन पुगेका छन । न्यायाधीश रावललले धराैटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै लामिछाने र कडेँल पाटन पुगेका हुन ।

माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा केही दिनअघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको थियो । उनीहरूको निवेदनमाथि उच्च अदालत पाटनको हेडाैँडा इजलाशमा बुधबार प्रारम्भिक सुनुवाइ हुने बताइएको छ ।

प्रकाशित मिति : September 3, 2019 at 3:40 pm