मध्यरातमा बामदेवको टिकट क्यान्सिल, ओली भेट्न सिंगापुर जान चहेनन् कि पाएनन् ?
१७ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गाैतमको सिंगापुर जाने टिकट एकाएक मध्यरातमा क्यान्सिल भएको छ । टिकट कन्फर्म गरेको केही घण्टामै गाैतमको टिकट क्यान्सिल भएको उनी निकट स्रोतले दैनिकीलाई जानकारी दियो ।प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उपाध्यक्ष गौतम र महासचिव विष्णु पौडेल आज सिंगापुर जाने तय भएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन दुबै नेता सिंगापुर जान लागेको यसअघि नेकपा केन्द्रीय कार्यालयले जनाएको थियो तर बामदेव गाैतमको टिकट क्यान्सिल भएको बारे भने कुनै जानकारी दिएको छैन् । पाैडेल भने आज दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्दैछन ।

पाैडेल सिंगापुरमा रहेका प्रधानमन्त्री ओली लिन जान लगेको प्रचार गरिएको छ । तर बामदेव गाैतम सिंगापुर जान चाहेनन् कि पाएनन् भन्ने विषय खुलेको छैन । स्रोतका अनुसार गाैतमले सिंगापुर जाने इच्छा गरेर नै टिकट काटिएको थियो तर पछि टिकट क्यन्सिल भएको बारेमा कुनै कुरा खुलाइएको छैन । प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति : 12:40









