११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

तीन दिनपछि स्वदेश फर्कने ओलीलाई भेट्न किन सिंगापुर जाँदैछन बामदेव गाैतम र विष्णु पाैडेल ?

१७ भदाै, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल आज सिंगापुर जाने भएकाछन । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन दुबै नेता सिंगापुर जान लागेको नेकपा स्रोतले जनाएको छ ।

गाैतम र पाैडेल दिँउँसो १ बजे १ बजे सिंगापुर प्रस्थान गर्ने जनाइएको छ । सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको छ । प्रधानमन्त्रीका निजी चिकित्सक दिलिप शर्माका अनुसार अोलीको शरीरमा रहेको रगत फिल्टर गर्ने काम ‘प्लाज्माफेरेसिस’ जारी छ । ओली यही भदौ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : 10:33