पहिरोको कारण अवरुद्ध भएको स्याफ्रु–रसुवागढी सडक अझै खुलेन
१६ भदौ, रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड पहिरोको कारण अवरुद्ध भएको छ । आइतबार बिहानदेखि अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । अविरल वर्षाका कारण जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ का विभिन्न क्षेत्रमा पहिरो झरेको थियो ।

आइतबार नै तातोपानी क्षेत्रमा पहिरो पन्छाउने काम सकिएको भएपनि कुलुङ्गु खोलामा झरेको पहिरो हटाउन नसकिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
सडक खुलाउनका लागि सोमबार बिहानैदेखि रसुवागढी र लाङटाङ खोला जलविद्युत् आयोजना तथा सडक डिभजनले काम सुरु गरेका छन् ।
प्रकाशित मिति : September 2, 2019 at 10:25 am









