८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नुवाकोटको ककनीबाट बाढीले बगाएकी महिलाको शव त्रिशुलीको किनार तारूकाघाटमा भेटियो

-प्रशान्तजंग पाण्डे

१५ भदौ, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाकी एक महिलाको बाढीले बगाएर मृत्यु भएको छ । शनिबार बिहान बेलकोटगढी नगरपालिका वडा नम्बर १३ र ककनी गाउँपालिका वडा नम्बर ७ को बीचबाट बग्ने ढाँडेखोलाले बगाएर बेपत्ता भएकी स्थानीय शारदा श्रेष्ठको आइतबार तारकेश्वर गाउँपालिकाको तारूकाघाटमा शव भेटिएको छ । ५० वर्षीय श्रेष्ठ बिहान खोला नजिक दिशाबस्न गएको समयमा एक्कासी आएको बाढीमा परेकी थिइन ।

उनको हिजो बिहानैदेखि खोजी कार्यजारी राखिएको र आइतबार दिँउसोमात्र शव भेटिएको स्थानीय समाजसेवी समेत रहेका शिक्षक राजाराम बोगटीले जानकारी दिए । उक्त खोलाले यसअघि पनि खोला तर्नेकममा मान्छे बगाएको स्थानीयले बताएका छन । खोलामा पुल हाल्न नगरपालिका र गाउँपालिकाले पहल गरिदिनुपर्ने उनीहरूले बताएका छन ।

प्रकाशित मिति : September 1, 2019 at 3:37 pm