८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

यी हुन् नक्कली एटीएम कार्डबाट पैसा लुट्ने ५ चिनियाँ, कराेडाैँ लुटेर भाग्ने प्रयास प्रहरीले पार्याे बिफल

१५ भदाै, काठमाडौँ । नेपालका ३ वाणिज्य बैंकका एटीएम कार्डबाट पैसा लुट्ने चिनियाँ ह्याकरहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी ५ जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिकहरूमा लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन छन् । उनीहरूको साथबाट प्रहरीले १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरूले नविल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए । नक्कली भिसामा नेपाल छिरेका ह्याकरहरू रकम लिएर भोलि नै चीन फर्किने तयारीमा रहेको खुलेको प्रहरीले जानकारी दियो ।

प्रकाशित मिति : September 1, 2019 at 3:36 pm