तनहुँको बन्दीपुरमा कारको ठक्करबाट एक युवतीको मृत्यु
१२ भदौ, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिए पछि सख्त घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति : August 29, 2019 at 2:22 pm









