११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

मेरो स्वास्थ्यको बारेमा धेरै चिन्ता नलिनु, आगामी हप्ताभित्र स्वास्थ्य लाभ गरेर फर्कन्छुः प्रधानमन्त्री ओली

११ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी हप्ताभित्र आफू पूर्ण स्वास्थ्य लाभ गरेर फर्कने बताएका छन । बुधबार नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले आगामी हप्ता भित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने बताएका हुन । कुराकानीमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ अवस्था ठिक रहेको बताएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले दैनिकीलाई जानकारी दिए । अधिकारीका अनुसार अनुसार प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकहरूलाई सन्देश पठाएका छन । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार अाएसँगै उनको निजी चिकित्सक डा दीव्यासिंह शाह बुधबार नै स्वादेश फर्किएकी छिन ।

यसअघि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचार अर्को सातासम्म पूरा हुने बताएका थिए । उनले प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्यसिंह शाहलाई उद्धृत गर्दै उपचार प्रक्रिया अर्को साता सकिने बताएका हुन् । प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ। प्रधानमन्त्री ओली एक एक महिना अघि स्वास्थ्य परीक्षण तथा उपचारका लागि सिंगापुर पुगेका थिए । प्रधानमन्त्रीको मृगौलाको क्षमता अभिवृद्धिसम्बन्धी सिंगापुरको नेशनल युनिभर्सीटी अस्पतालमा उपचार भैरहेको छ।

प्रकाशित मिति : 20:41