११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरु देशका लागि चुनौती हुन्ः मुख्यमन्त्री शाही

११ भदाै, भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज याहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले हाल असहज अवस्था सिर्जना गरी देशको बिकास र समृद्धि रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेका तत्वको सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि सङ्घीय कानून नबन्दा सङ्घीयता कार्यान्वयनमा जटिलता देखिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सङ्घीयतामा नेपाल प्रवेश गरेको डेढ वर्षसम्म पनि सङ्घीय कानूनले पूर्णता पाउन सकेको छैन, यसले संवैधानिक प्रश्न उब्जिँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको छ ।” राज्यका तीन सरकार बीच सहमति, सहकार्य र सहअस्तित्वका आधारमा समन्वय हुनुपर्ने भए पनि एकले अर्कोलाई मौका मिल्नासाथ धकेलिहाल्ने प्रवृतिकै कारण सङ्घीयताको कार्यान्वयनमा जटिलता देखिएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : August 28, 2019 at 4:39 pm