८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

किन दिए रवि लामिछानेविरुद्ध पत्रकार खेम भण्डारीले उजुरी ? यस्तो रहेछ कारण 

११ भदाै, काठमाडाैँ । न्युज २४ का कार्यक्रम प्रश्ताेता रवि लामिछानेविरुद्ध पत्रकार खेम भण्डारीले प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष समेत रहेका भण्डारीले लामिछानेविरुद्ध पत्रकार आचारसंहिता उल्लंघनको उजुरी दिएका हुन् । साथै लामिछानेले टेलिभिजनबाट सार्वजनिक रुपमा क्षमायचना माग्नुपर्ने पनि उल्लेख गरेका छन् ।

कञ्चनपुरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’का सम्पादकसमेत रहेका भण्डारीले बुधबार ‘न्यूज–२४’ टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता लामिछानेविरुद्ध  निर्मला हत्याकाण्डको विषयलाई लिएर उजुरी गरेका हुन्।

लामिछानेले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको ‘नग्न उल्लंघन’ गर्दै आफूमाथि अन्याय गरेको र पत्रकारिता पेशालाई कलंकित पार्ने गरी काम गरेको दाबी गर्दै भण्डारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

यस्तो छ उजुरीः

प्रकाशित मिति : August 28, 2019 at 1:00 pm