तिब्बतीलाई नागरिकता दिलाउन सहयोग गर्ने वडाध्यक्ष पक्राउ
३१ साउन, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापा पक्राउ परेका छन् । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता उपलब्ध गराउन सिफारिस गरेको र सहयोग गरेको आरोपमा वडाध्यक्ष रणबहादुर थापासहित तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष थापासहित वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरी प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि यो प्रकरणमा ८ जना पक्राउ परिसकेका छन् । उनीहरुमाथि अनुसन्धान चलिरहेका बेला वडाध्यक्षसहित ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । थापालाई थुनामा राख्ने अनुमतिका लागि कास्की अदालत लगिएको छ । पोखरा–१८ सराङ्कोटका लेखबहादुर थापाले तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीहरुलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप रहेको छ ।
प्रकाशित मिति : August 16, 2019 at 6:25 pm









