आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा रवि लामिछाने र युवराज कँडेल पक्राउ
३० साउन, काठमाडौँ । आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको हो ।
काठमाडौँ प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार साँझ पक्राउ गरेको हाे । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : August 15, 2019 at 7:38 pm







