७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

विष्णुकुमारीकाे मृगौलाको उपचारमा सहयोग गरिदिन अपिल

३० साउन, काठमाडौं । दैलेखकी विष्णुकुमारी खड्काकाे  दुवै मृगौला फेल भएर नेसनल डाइलासिस सेन्टरमा उपचार गराइरहेकी छन् । उनकाे  पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग गर्न  सबैसँग आग्रह गरेकी छन् ।

दुल्लु–७ निवासी ५३ वर्षिया खड्का लामो समयदेखि दुवै मृगौला फेल भएर बसेकी थिइन् अहिले मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि उनका आफन्त सहयोगको खोजीमा छन । खड्कालाई सहयोग गर्न उनकै नाममा रहेको एनआईसी एशिया बैंकको खाता नम्बर ६०८७०३५१८३१५२४०१ मार्फत् सहयोग गर्न सकिन्छ । वा, उनको आफन्त सुबोद थापाको मोबाइल नम्बर ९८४३५०१०२९ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : August 15, 2019 at 6:31 pm