आजै कार्यविभाजन टुङ्ग्याउने गरी ओली–प्रचण्ड र बादल बिहानैदेखि छलफलमा
३० साउन, काठमाडौँ । कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल कार्यविभाजनका सवै काम बिहीबारै टुङ्ग्याउने गरी गृहकार्यमा जुटेका छन् । बिहानदेखि प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्वय र बादल गृहकार्यमा जुटेका हुन् ।
सचिवालय बैठक बस्नुअघि सबै विभाग, जनवर्गीय संगठन, मञ्च लगायत कार्यविभाजनका बाँकी काम टुंगो लगाउने गरी छलफल भैरहेको बताइएको छ ।
नेकपामा ३३ विभाग भएकामा पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ विभागको नेतृत्व लिने सहमति भैसकेको छ । तर, स्कूल विभागमा भने विवाद कायमै छ । यस्तै २२ जनवर्गीय संगठनका इन्चार्ज मध्य यूवा, महिला पूर्व एमालेले लिने सहमति भैसकेको छ । पूर्व माओवादीले विद्यार्थीसहित अन्य केही जनवर्गीय संगठनको इन्चार्ज लिने भएको छ ।
३ आयोगमध्ये २ आयोग पूर्व एमाले र १ आयोगको प्रमुख पूर्व माओवादीले लिने सहमति भएको छ । यस्तै सम्पर्क समन्य कमिटी पूर्व एमालेले लिने भएको छ । पूर्व एमाले र पूर्व माओवादीको भागमा परेका विभागमा भने यसअघिनै सहमति भैसकेको छ ।
प्रकाशित मिति : 13:10









