वरिष्ठ साहित्यकार दीक्षितको निधनले मर्माहत भएकाे छुः प्रधानमन्त्री ओली
३० साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल टि्वटमार्फत प्रधानमन्त्री ओलीले साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राखेर श्रद्धाञ्जलि अर्पण गर्नेबारे परामर्श भइरहेको छ । दीक्षित प्रतिष्ठानका पूर्व उपकुलपति हुनुहुन्छ ।
दीक्षितको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : 12:26









