आज नेकपा सचिवालय बैठक बस्दै
३० साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार (आज) बस्दैछ । बैठक बिहीबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने नेकपा सचिवालयले जनाएकाे छ । तयारी नपुगेको भन्दै यसअघि मंगलबार र बुधबार बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको थियो ।

स्कूल विभागमा टुंगो लगाउन नसक्दा नेकपाकाे बैठक पटकपटक सर्दै आएको छ । उक्त विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहित ८ जनाको दावी रहेकाे छ ।
अहिलेसम्म नेकपाको प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन ।
प्रकाशित मिति : 07:10









