युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले किन दिएन भिसा ?
२८ साउन, काठमाडौँ । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौँमा रहेको अमेरिकी दूतावासमा भिसाका लागि अन्तर्वार्ता दिएकोमा दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।
सन्दीपले सबै कागजात समावेश गरे पनि आफूलाई भिसा नदिएकोमा चकित भएको उल्लेख गरेका छन् । भिसा नपाएपछि आफूलाई सीपीएल खेल्न जान समस्या भएको पनि बताएका छन् । सन्दीपले सीपीएलको अघिल्लो संस्करण पनि खेलेका थिए ।
दूतावासले लामिछानेलाई भिषा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ । सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् । सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगस्ट अन्त्यसम्म पुगिसक्नुपर्छ ।

प्रकाशित मिति : August 13, 2019 at 1:03 pm







