इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिन्छु भन्दै विद्यार्थीसँग १० हजार घुस लिने शिक्षक पक्राउ
२७ साउन, दाङ । दाङका एक जना शिक्षकलाई अख्तियार अनुसन्धान आयोगको टोलीले १० हजार घुससहित पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको रझेनामा उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई आयोगको नेपालगञ्जको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक जना विद्यार्थीबाट १० हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । रुकुमको सिन्ने स्थायी घर भएका शिक्षक केसी रुकुमकै एक विद्यार्थीसँग घोराहीको एक होटलमा बसेर पैसा लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
प्रकाशित मिति : August 12, 2019 at 6:00 pm









