१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किए

२७ साउन, काठमाडौँ । स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली १२ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण अनौपचारिक रहेकाे भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत  पुगेका थिए । प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : 13:19