१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्कदै

२७ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर अाज सोमबार स्वदेश फर्कदै छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट अाउन ढिला भएकाले गर्दा सोमबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम बनेको हो । यसअघि अइतबार स्वदेश फर्कने कार्यक्रम रहेको थियो ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी रहेका छन ।

प्रकाशित मिति : 09:48