झापाको विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा अज्ञात समुहद्धारा बम विष्फोट
२७ साउन, झापा । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा अज्ञात समुहले बम विष्फोट गराएकाे छ ।सोमबार बिहान चार बजेतिर तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा बम विष्फोट भएको हो । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ । यद्यपि वडा कार्यालयहरुमा विप्लव समूहले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएको छ ।
प्रकाशित मिति : August 12, 2019 at 7:41 am









