७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सेनाका अधिकृतकै नक्कली प्रमाणपत्र, ३ दर्जन अधिकृतमाथि कारवाहीको तयारी

२७ साउन, काठमाडौँ । नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ । उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा, विविध सेवा र प्राविधिक सेवातर्फका तीन दर्जन अधिकारीमािथ छानविनपछि कारवाहीको तयारी भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।

छानबिन समितिले ती अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा किर्ते कागजात बनाएको फेला पारेको हो । नक्कली प्रमाणपत्र पेस गरेका अधिकारीहरुलाई सुरुमा स्वेच्छिक राजीनामा दिएर सम्मानपूर्वक सेवाबाट बिदा हुने अवसर दिइने र त्यसो नगरे सेवाबाट बर्खास्त गर्दै जेल चलान गर्नेसम्मको तयारी भैरहेको सैनिक स्रोतले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

प्रकाशित मिति : August 12, 2019 at 7:07 am