लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजातीकाे आन्दोलन, १४ जना पक्राउ
२६ साउन, काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजातीले आन्दोलन गरेका छन् । विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्यालिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा आन्दोलनकारीलाई भद्रकालीबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले १४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापनअनुसार परीक्षा भइरहेको छ ।



प्रकाशित मिति : August 11, 2019 at 3:33 pm









