७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

काम लगाइदिने प्रलाेभनमा पारी किशोरीलाई बेच्न लैजादै गर्दा २ युवक पक्राउ

२६ साउन, काठमाडौँ । काम लगाइदिने बहानामा २० वर्षीया किशोरीलाई बेच्न लैजादै गर्दा २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका २९ वर्षीय आईते बहादुर लोप्चन रहेका छन् ।

महानगरीय प्रहरी बृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधि सहित खटिएको प्रहरीले ना.७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा ति किशोरीलाई शंकास्पद रुपमा लिई जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले ती किशोरीलाई झापाको बिर्तामोडमा रङ लगाउने काम लगाईदिन्छौं, कोही कसैले चेकजाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजु सुत्केरी भएकीले बिर्तामोड जान लागेको बताउनु भन्दै विभिन्न प्रलोभन देखाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त वृत्तले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रकाशित मिति : August 11, 2019 at 2:33 pm