७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

पत्रकार सालिक पुडासैनीकाे मृत्युकाे निष्पक्ष छानबिन हुनुपर्छः सांसद खतिवडा

२६ साउन, काठमाडाैँ । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकाराम पुडासैनी चितवनको पोखरा बसपार्ककाे कङ्गारू हाेटलमा मृत भेटिएका थिए । पत्रकार पुडासैनीकाे मृत्यु रहस्यमय भएका कारण र उनकाे न्यायका निम्ती प्रतिनिधि सभाकाे बैठकमा निष्पक्ष छानबिन हुनुपर्ने माग सांसद नाराएण प्रसाद खतिवडाले  राखेका छन् । साउन २१ गते बसेकाे प्रतिनिधि सभा बैठकमा उनले उक्त माग राखेका हुन् ।

पत्रकार पुडासैनीले लामोसमय न्यूज २४ टेलिभिजनमा रवि लामिछानेसँग पनि काम गरेका थिए । त्यही कारण उनले रविलाइ गुरू भन्ने गरेका थिए । उनले गएको गुरू पूर्णिमाका दिन अाफ्नो फेसबुक प्रोफाइल चेन्ज गर्दै रविसँगको फोटो राखेर गुरू पूर्णिमाका दिन दादालाइ सम्झिए भन्दै तस्बीर पोष्ट गरेका थिए । सिधा कुरा जनतासँग कार्यक्रम चर्चित बनाउन रवि लामिछानेलाइ साथ दिएका उनी फेसबुकमा समेत चर्चित थिए ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । पत्रकार पुडासैनी सोमबार राति नै झुण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि आफन्त चितवन पुगेका थिए ।

भरतपुर महानगरपालिकाको पोखरा बसपार्कको होटल कंगारूमा झुण्डिएका युवाको साथबाट प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडासैनी नै रहेको पुष्टि गरेको थियाे । उनी नाइलको डोरी पंखामा पासो लगाएर झुण्डिएको प्रहरीले बताएको थियाे ।

प्रहरीका अनुसार पुडासैनी सोमबार दिउँसो करिव ३ बजे काठमाडौँबाट होटलमा पुगेका थिए । होटल बुकिङ गरेर केही समय होटलमा  कोठामा बसी केही समयपछि होटलबाट बाहिर गएका थिए र पछि होटलमा आएर बसेका उनी खाना खान नआएपछि होटलका कर्मचारीले बोलाउन जाँदा उनीले कोठा नखोलेपछि प्रहरीलाइ खबर गरेको र त्यसपछि वडा प्रहरी कार्यालयका प्रहरीले घटनास्थल नियन्त्रणमा लिएकाे थिए ।

प्रकाशित मिति : August 11, 2019 at 2:46 pm