७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

एनआरएनए कोरियाको सचिवमा सालिक न्याैपानेकाे उम्मेदवारी

२६ साउन, काठमाडाैँ । एनआरएनए कोरियाकाे अधिवेशन आगामी सेप्टेम्बर २१ र २२ तारिखमा हुने भएकाे छ । एनआरएनए कोरियाले अधिवेशनबाट नयाँ नेतृत्व चुन्ने भएकाे छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कोरियाको आगामी ३ वर्षे कार्यकालको लागि सचिवमा सालिक न्याैपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

न्याैपानेले सन् २०११ देखि कोरियामा बिभिन्न संस्थामा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जिम्मेवार बहन गर्दै आइरहेका छन् । उनले गुन्सान नेपाली समाज संस्थापक सचिव, अध्यक्ष त्यसैगरि यूवा एकता द कोरिया संयोजक, ओसिक्दो माइगेन्ट सेन्टर व्यबस्थापक लगाएत बिभिन्न संस्थाहरूमा आर्थिक भौतिक तथा नैतिक सहयोग पुर्याउँदै आइरहेका छन् ।

उनले वैदेशिक रोजगारीका लागि कोरिया पुगेका नेपालीको हकहितका लागि विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । ‘वैदेशिक रोजगारीका लागि कोरिया आएका नेपाली कामदारलाई आइपर्ने सम्भावित समस्यालाई निराकरण गर्न प्रयत्न गर्ने जनाएका छन् ।

आफुले दक्षिण कोरियामा रहेका नेपालीहरूको हकहितको लागि काम गरेर मजदुरमैत्री एनआरएनए बनाउने न्याैपानेले प्रतिबद्दता पनि गरेका छन् । न्याैपानेले आगामी कार्यकालको लागि अगाडि सारेका एजेन्डाहरुमा कोरियाबाट प्राप्त ज्ञान, सीप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, नेपाली कला संस्कृतिलाई प्रवासमा जर्गेना गर्ने जस्ता विषय पनि प्राथामिकतामा रहेकाे बताएका छन्।

प्रकाशित मिति : August 11, 2019 at 1:00 pm