भोजपुरबाट विराटनगर जाँदै गरेको बस चप्पिरे खोलामा पल्टियाे
२६ साउन, भोजपुर । भोजपुरबाट विराटनगर जाँदै गरेको बस चप्पिरे खोलामा पल्टिएकाे छ । मे १ ख ३१६४ नम्बरको गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत गुप्तेश्वर र सिद्धेश्वर सिमाना चप्पिरे खोलानजिकै पल्टिँदा ७ जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएका ७ जनालाई जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा झापा हल्दिवारी -५ का ३० वर्षिय सहचालक अर्जुन लिम्बू र भोजपुर नगरपालिका –३ की २२ वर्षीय संगिता प्रधान रहेकी छिन् । उनीहरुको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेहरुमा भोजपुर नगरपालिका–३ की १७ वर्षीया अस्मिता श्रेष्ठ, २४ वर्षीया मनीषा श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । त्यस्तै इलाम घर भएका बस धनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीय गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र इलाम घर भएका चालक सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १२ जना यात्रु रहेकाे प्रहरीले जनाएकाे छ ।
घुम्ती काट्ने क्रममा बस भित्तामा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : August 11, 2019 at 9:53 am









