१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अध्यक्षमा अजय राजबंशी

२५ साउन, काठमाडौँ । राप्रपा निकट प्रबासी नेपाली एकता समाज अष्ट्रेलियाको कार्य समिति घोषणा गरिएको छ । आज मेलवर्नमा एक समारोहका विच पत्रकार सम्मेलन गर्दै प्रनेएस अष्ट्रेलिया घोषणा गरिएको हो। समितिको प्रमुख सल्लाहकार डा रामकृष्ण निरौला रहेका छन भने सल्लाहकारमा दिपक गौतम, अध्यक्षमा अजय राजवंशी, वरिष्ठ उपाध्यक्षमा ऋषिकेष न्यौपाने,  उपाध्यक्ष प्रमोद भण्डारी, महासचिव मिलन आचार्य,कोषाध्यक्ष अनुप ढकाल रहेका छन्,यसै समारोहमा अष्ट्रेलियाका विभिन्न राज्यहरूमा प्रमुखहरू पनि चयन गरिएका छन् ।

समारोहलाई अतिथिको आसनवाट सम्वोधन गर्दै मेलवर्न भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनले प्रवासी नेपाली एकता समाज अष्ट्रेलियालाई शुभकामना दिदै प्रवासमा आइपर्ने समस्याको समाधानको लागि समाज संग हातेमालो गर्दै अगाडि बढ्ने बिचार ब्यक्त गरे । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल एनआरएनएका सचिव देव गुरूङ,समाजसेवी दिपक विष्टले शुभकामना दिएका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष अजय राजवंशीले कार्यसमितिको घोषणा गर्दै धर्म,संस्कृति पहिचानको रक्षाको लागि समाज कृयाशिल हुने वताए । समारोहमा वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपानेले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै समाज वैचारिक रूपमा अघि वढने तथा नेपालमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको वैचारिक आस्था मिल्ने पार्टी राप्रपा भएकोले सो पार्टीको निति सिद्धान्त अनुसार प्रवास अष्ट्रेलिया अगाडि वढने वताए ।

राप्रपाको विश्वको २५ देशमा सशक्त संगठन छ,विभिन्न मुलुकमा एनआरएनएका पदाधिकारी तथा सदस्यहरूमा पनि राप्रपाका प्रवासी नेताहरू निर्वाचित हुँदै आएका छन् । वैचारिक रूपमा प्रवासमा प्रवासी नेपाली एकता समाजको सशक्त भुमिका रहेको छ। नबगठित कार्य समितिलाई राप्रपा अध्यक्ष कमल थापाले बधाई तथा शुभकामना दिनुभएको पार्टीका प्रबास बिभाग प्रमुख बिजय खड्काले जानकारी दिए ।

प्रकाशित मिति : 21:16