१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

२३ साउन, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रेताल निवासी २८ वर्षीय कमल सुनार रहेका छन् ।

जिल्ला अदालत सुर्खेतले २०६८ फागुन १७ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहरको फैसला गरेपश्चात फरार रहेका सुनारलाई हिजो उनकै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

अदालतको फैसला आदेशअनुसार पक्राउ परेका सुनारको हकमा दुई वर्ष ११ महीना दुई दिन कैद भुक्तान गर्न बाँकी रहेको लगत नं ६६२ मा देखिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । सुनारलाई पक्राउ गरी अदालतमा बुझाइएको र अदालतकै आदेशअनुसार उनलाई बुधबार नै कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : August 8, 2019 at 10:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/