७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

बालुवाटारस्थित सुविसु कार्यालयमा लागेको आगाे नियन्त्रणमा, सुविसुककाे सम्पुर्ण सेवा अवरुद्ध

२२ साउन, काठमाडौँ । काठमाडौँकाे बालुवाटारस्थित इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा लागेको आगो नियन्त्रणमा आएको छ । सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी भएको थियो ।

जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको प्रहरीले जनाएकाे छ । नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरेर आगो निभाउन खाेजेपनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएका कारण त्रिभुवन विमानस्थलबाट दमकल बोलाएर साढे २ बजे नियन्त्रणमा लिइएकाे हाे ।

आगलागीपछि सुविसुको सम्पुर्ण सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : August 7, 2019 at 2:52 pm