७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

काठमाडौँकाे बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा भिषण आगलागी

२२ साउन, काठमाडौँ । सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो करिब पौने १ बजेतिर काठमाडौँको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको प्रहरीले जनाएकाे छ ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।

 

प्रकाशित मिति : August 7, 2019 at 2:04 pm