ट्याङ्कीमा एक युवक मृत भेटिए
२२ साउन, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पानी ट्याङ्कीमा एक युवकको लास फेला परेको छ । आज बिहानै किसान खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । अन्दाजी ३८ वर्षीय ती युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मृत्यु कसरी भएको भन्नेबारे अस्पतालको रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति : August 7, 2019 at 1:04 pm









