७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

कोशी एण्ड रीतिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो पक्राउ

२२ साउन, धनुषा  । नियमविपरीत होटल सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा पृथ्वीचोकस्थित कोशी एण्ड रीतिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उहाँले होटेलमा बास बस्न आएका तीन भारतीय नागरिकको नियमानुसार अभिलेख राख्नुपर्नेमा नराखिएको हुँदा प्रहरीले उहाँलाई मगलबार पक्राउ गरिएको हो ।

तीनै जना लक्ष्मी परियारको हत्यामा संलग्न रहेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । लक्ष्मी परियारको साउन १ गते हत्या भएको थियो । ‘होटेल व्यवसायी तथा मदिरा बिक्री वितरण नियन्त्रण ऐन २०३३’ को दफा ५ को उपदफा १९ अन्तर्गत कसुर गरेको देखिएकाले आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि ममतालाई आज आन्तरिक राजस्व कार्यालय, पोखरा पठाइएको छ ।

प्रकाशित मिति : August 7, 2019 at 12:45 pm