शुभकामनाका केही तस्बीरलाई लिएर मप्रति अन्यथा नबुझिदिनुस्ः मन्त्री भट्टराई
२० साउन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बधाइ तथा शुभकामनाका क्रममा सार्वजनिक भएका केही तस्बीरलाई लिएर अन्यथा नबुझ्न अनुरोध गरेका छन । सामाजिक सञ्जाल मार्फत बधाइ तथा शुभकामनाका लागि अब समय उपलब्ध गराउन नसक्ने भन्दै मन्त्री भट्टराईले केही तस्बीरका बारेमा नकारात्मक टिकाटिप्पणी भएकोतर्फ संकेत गर्दै त्यस्तो नबुझ्न अनुरोध गरेका हुन । उनले भनेका छन ‘शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्विरहरुलाई लिएर मप्रति अन्यथा नवुझिदिनहुन सम्पूर्ण शुभेच्छुक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।’

मन्त्री भट्टराईले शुभकामना र बधाइको समय सकिएको भन्दै अव काम गर्न दिन आफ्ना सवै अगुवा तथा सुभचिन्तकलाई आग्रह गरेका छन । मन्त्रीको कार्यभार सम्हालेसँगै बधाई तथा शुभकामना दिन आउने सुभचिन्तक, आफन्त तथा पार्टीका नेता कार्यकर्ताले मन्त्रालय भरिभराउन हुने क्रम बढेपछि उनले शनिबारको दिन पनि मन्त्रालय पुगेर बधाइ तथा शुभकामना ग्रहण गरेका थिए ।

उनले भनेका छन ‘मप्रति विश्वास र भरोसा राखी शुभकामना एवं वधाई ज्ञापन गर्नु हुने अग्रज, शुभेच्छुक राजनीतिक मित्रहरु एवं सम्पूर्ण महानुभावहरुमा अन्तरहृदयदेखि कृतज्ञता ज्ञापन गर्दछु । यहाँहरुले मप्रति प्रकट गर्नु भएको स्नेह एकावं शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने उर्जाको रुपमा रहने विश्वास गरेको छु । मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै कार्यव्यस्तताले गर्दा यहाँहरुको अपेक्षा अनुरुप समय उपलव्ध गराउन कठिनाई भएकोमा आगामी दिनमा यहाँहरुका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहन्छु ।’
मन्त्री भट्टराईले गरेको अनुरोध यस्तो छ
सम्माननीय प्रधानमन्त्रीज्यू एवं नेपाल कम्यूनिष्ट पार्टीको नेतृत्वले मलाई विश्वास गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू एवं नेपाल कम्यूनिष्ट पार्टी नेतृत्वप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । मैले मन्त्रालयको जिम्मेवारी लिएसँगै मलाई प्रत्यक्ष भेटेर फोनमार्फत तथा फेसबुक, ट्वीटर, भाइबर, ह्वाटसएप, वीच्याटलगायतका सामाजिक सञ्जालमार्फत मप्रति विश्वास र भरोसा राखी शुभकामना एवं वधाई ज्ञापन गर्नु हुने अग्रज, शुभेच्छुक राजनीतिक मित्रहरु एवं सम्पूर्ण महानुभावहरुमा अन्तरहृदयदेखि कृतज्ञता ज्ञापन गर्दछु ।

यहाँहरुले मप्रति प्रकट गर्नु भएको स्नेह एवं शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने उर्जाको रुपमा रहने विश्वास गरेको छु । मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै कार्यव्यस्तताले गर्दा यहाँहरुको अपेक्षा अनुरुप समय उपलव्ध गराउन कठिनाई भएकोमा आगामी दिनमा यहाँहरुका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहन्छु । साथै मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाई हुने कुरा सविनय अनुरोध गर्दछु ।

यहाँहरुले मप्रति देखाउनु भएको भरोसा र विश्वास कहिँ कतै टुट्न नदिने र यहाँहरु सवैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा क्रियाशिल रहने विश्वास दिलाउन चाहन्छु । शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्विरहरुलाई लिएर मप्रति अन्यथा नवुझिदिनहुन सम्पूर्ण शुभेच्छुक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : 17:06









