१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

सरकारी कर्मचारी, शिक्षक, सेना र प्रहरीको नयाँ तलबमान र ग्रेड सार्वजनिक (तलबको सूचीसहित)

२० सउन, काठमाडाैँ । सरकारी कर्मचारी, शिक्षक, सेना र प्रहरी लगायतको नयाँ तलबमान सार्वजनिक भएको छ । अाइतबार नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेलगत्तै अर्थमन्त्रालयले कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको हो । अर्थ मन्त्रालयले मुख्य सचिवदेखि सहयाेगी कर्मचारीसम्मले पाउने तलब सार्वजनिक गरेको छ ।

बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र शिक्षकको नयाँ तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको थियो । नयाँ तलबमानमा मुख्यसचिवको तलब ६९ हजार ४ सय ८२ रूपैयाँ कायम भएको छ भने र कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ स ७८ रुपैयाँ कायम भएको छ । सबैले बढेको तलब यही साउन महिनादेखि नै पाउने सरकारका प्रवक्ता मन्त्री बास्कोटाले बताएका छन ।

यस्तो छ अर्थमन्त्रालयले सार्वजनिक गरेको सूची ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार १०:०५