निर्मला हत्याकाण्डका घाइते अर्जुन भण्डारालाई मासिक २५ हजार दिने सरकारकाे निर्णय
१९ साउन, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायको लागि भएकाे आन्दोलनमा प्रहरीको गोली लागि घाइते भएका अर्जुन भण्डारालाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारालाई मासिक २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । गत भदौ ७ गते निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागि भण्डारा घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । एक वर्षको उपचारपछि पनि उनको होस खुलेको छैन् । भने उनले एक खुट्टा नै गुमाउनुपरेको छ ।
प्रकाशित मिति : August 4, 2019 at 7:55 pm









