७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

तँनहु डुम्रेका सुमन थापा अवैध लागूऔषध सहित चन्द्रागिरीबाट पक्राउ 

१९ साउन, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट तँनहु डुम्रे नगरपालिका-१ बस्ने ३० वर्षीय सुमन थापालाई नियन्त्रित गूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन २३ एम्पुल, फेनरागन २१ एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौं आउँदै गरेको ना.५ ख ५७६१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार थापालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : August 4, 2019 at 5:47 pm