१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एभरेष्ट बैंकको सहयोग टिच फर नेपाललाई

१९ साउन, काठमाडाैँ ।  एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत देशको विपन्न वर्गका नागरिकहरुलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गर्दै आइरहेको छ । यस प्रयासमा बैंकले हालै शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायीत्व पहल अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिदैं चेक हस्तान्तरण गरेको छ । टिच फर नेपाल विश्वविद्यालयका उत्कृष्ट स्नातक र अनुभवी युवाहरुको मुभमेन्ट हो जो शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध रहेका छन् ।

उनीहरुले विगत २ वर्षदेखि नेपालका सार्वजनिक विद्यालयहरुमा अध्यापन गराइरहेका छन् । एभरेष्ट बैंकले नेपालका सरकारी तथा सार्वजनिक विद्यालयहरुमा शिक्षा, सरसफाई तथा खानेपानीमा सहयोग पुर्याइरहेको छ । ईबीएलले सदैव सामाजिक जिम्मेवारीमा सक्रिय रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकहरुलाई लाभ हुने विभिन्न कार्यक्रमहरु आयोजन गर्दै आइरहेको छ । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आईतवार १३:१२