विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ
१९ साउन, दाङ । नेकपा विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ परेका छन् । दाङकाे घोराही उपमहानगपालिका–१५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

लमहीबाट घोराही आउँदै गरेको लु १ च ७४४३ नम्बरको गाडीबाटै शनिबार साँझ उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । पक्राउ परेका जिसीका बारेमा थप अनुसन्धान भइरहेको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि नेता यो समूहका नेता तथा कार्यकर्ताहरु पक्राउ पर्दै आएका छन् ।
प्रकाशित मिति : August 4, 2019 at 11:31 am









