७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निमोनियाका कारण निधन

१९ साउन, भोजपुर । भोजपुरकाे पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको ७२ वर्षको उमेरमा निधन भएको छ । वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको हाे ।

निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनासाथ निधन भएको वडा सदस्य सुवेदीले बताए । अध्यक्ष पाण्डे केही समय अघिदेखि नै निमोनियाका कारण बिरामी परेका पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : August 4, 2019 at 11:18 am