नुवाकाेट बेल्काेटगढी नगरपालिकाका प्रगितशिल युवाहरू ‘परिवर्तनशिल युवा सञ्जालमा’ आवद्ध
१८ साउन, नुवाकाेट । नुवाकाेटकाे बेल्काेटगढी नगरपालिकामा रहेका प्रगतिशिल युवाहरूले ‘परिवर्तनशिल युवा सन्जाल’ गठन गरेका छन ।बेलकोटगढी नगरपालिकामा स्थायी बसोबास गर्ने प्रगतिशिल युवाहरूले शनिबार काठमाडाैँको मनमोहन कलेज बालाजुमा भेला गरी सञ्जाल गठन गरेका हुन । उनीहरूले परिवर्तनशिल युवा सन्जाल’ को नाममा संस्थागत रूपमा गतिबिधि अघि बढाउने निर्णय समेत गरेको महासचिव प्रकाश रैलाले जानकारी दिए ।

युवाकाे एकरूपताकाे आवश्यकता महसुसगरी राजु तिवारीकाे अध्यक्षतामा सञ्जाल गठन गरेकाे रैलाले बताए । उनले सञ्जालमा नगरपालिका भित्रका प्रगतिशिल युवाहरूको सहभागिता रहेको बताए । सञ्जालको उपाध्यमा मनोज गुरूङ र गोविन्द भट्ट, महासचिवमा प्रकाश रैला, सचिव अाशिष मिजार, सुमित्रा सुधा राना र कोषाध्यक्ष रामचन्द्र लोहनी रहेका छन । यस्तै सञ्जालको सदस्यहरूमा प्रशान्तजंग पाण्डे , चन्द्रमान लामा, बिकास तामाङ, सन्तोष तिवारी, ध्रुव तिवारी, सुमन रिमाल, सुरेश वाग्ले, श्रीकृष्ण खतिवडा र सुनिल मुड्भरी रहेका छन ।

प्रकाशित मिति : August 3, 2019 at 10:37 pm









