१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा. डा. लालुप्रसाद पौडेल नियुक्त

१८ साउन, काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा डा लालुप्रसाद पौडेललाई नियुक्त गरेको छ । भूगर्भ शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा। डा। लालु प्रसाद पौडेललाई शनिबार सिंगापुर जानुअघि त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन । पाैडेल पर्वतका स्थायी बासिन्दा हुन ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सिफारिस समितिले पौडेलको नाम ओलीलाई बुझाएपछि उनले नियुक्तिको निर्णय लिएका हुन । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आयोगको सदस्यमा हेमराज ढकाल नियुक्त भएका छन । कर्मचारी छनोटमा अनियमिता गरेको भन्दै तत्कालीन अध्यक्ष चैतन्य शर्मासहितका पदाधिकारीहरुविरुद्ध अख्तियारले मुद्दा हालेपछि त्रिवि सेवा आयोग पदाधिकारीविहीन बनेको थियो भने सरकारले १४ साउनमा शिक्षामन्त्रीको नेतृत्वमा सिफारिस समिति बनाएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार २१:४८