रामेछापको खाँडादेवी गाउँपालिकामा सिलिण्डर बिस्फोट
१८ साउन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बम बिस्फोट भएको छ । जिल्लाको खाँडदेवी गाउँपालिका वडा नम्बर ३ भिरपानीको वडा कार्यालयमा अज्ञात समूहले ग्यास सिलिन्डर विष्फोट गराएका हुन । वडा अध्यक्ष पुष्करकुमार कार्कीका अनुसार शुक्रबार राति गराएको विस्फोटबाट वडा कार्यालयको एउटा कम्प्युटर, तीनवटा दराजमा रहेको कागजपत्रमा क्षति भएको छ ।
कार्यालयको छानाको जस्ताबाट भित्र पसेर कार्यालयको बीचमा पर्ने गरी अज्ञात समूहले विष्फोट गराएको वडा अध्यक्ष कार्कीले बताए। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले अज्ञात समुहले गराएको विस्फोट बम नभई ग्यास सिलिन्डर रहेको बताएका छन । उनले घटनाबारे थप अनुसन्धान भैरहेको पनि बताएका छन ।
प्रकाशित मिति : August 3, 2019 at 10:14 pm









