७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै १ लाख ठगी गर्ने प्रवीण कुमार लाभ पक्राउ

१८ साउन, काठमाडौँ । थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्ने प्रलोभनमा पारी नगद १ लाख रुपैयाँ ठगी गरेको अभियोगमा महोत्तरी, महोत्तरी गाउँपालिका-३ बस्ने ३४ वर्षीय प्रवीण कुमार लाभलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

ठगी मुद्दामा अनुसन्धानको शिलशिलामा आकिव जावेद, यम दादुल मोमिन र सगिर शेखलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा थुनामा राखी अनुसन्धान भइरहेको अवस्थामा प्रवीणले उनीहरूलाई छुटाइदिन्छु भनि धनुषा जनकपुर उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते उक्त नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त भए पश्चात सोही परिसरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : August 3, 2019 at 7:10 pm